ad ad

अटो


नेपालमा कति छन् गाडी? यस्तो छ तथ्यांक

नेपालमा कति छन् गाडी? यस्तो छ तथ्यांक

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १०:५५,

नेपालमा करिब ४० लाख सवारीसाधन दर्ता भएको देखिएको छ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म १ लाख ५० हजार ७ सय सवारी दर्ता देखिएका हुन्।

गत वर्षको असारसम्म सबै किसिमका गरी ३८ लाख ३६ हजार ५ सय सवारीसाधन दर्ता भएको तथ्यांकमा उल्लेख छ।

फागुनसम्म कुल ३९ लाख ८७ हजार दर्ता भएकोमा चैत र वैशाखमा निषेधाज्ञा अघिसम्म केही हजार थप दर्ता भई ४० लाख बढी पुगेका छन्।

दर्ता भएका सवारीसाधनहरुमा सार्वजनिक यातायात १.४ प्रतिशत छन् भने दुईपाङ्ग्रे मोटरसाइकलको अंश ७९.३ प्रतिशत छ।

सरकारले सवारीसाधनको दर्ता प्राणालीलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सुरु गरिएको सवारीसाधन इम्बोस्ड नम्बर प्लेट जडान रोकिएकोमा चालू आर्थिक वर्षमा फेरि सुरु भएको थियो ।

फागुन मसान्तसम्म ७ हजार ६ सय ९४ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको सर्वेक्षणमा उल्लेख छ।

त्यस्तै २०७७ असारसम्म १८ लाख १३ हजार स्मार्ट लाइसेन्स वितरण भएकोमा चालू आर्थिक वर्षमा थप २ लाख ७४ हजार वितरण भएको छ।

सवारीसाधनको आवधिक रुपमा फिटनेस परीक्षण गराई दुर्घटना न्यूनीकरण गर्न सरकारले सबै प्रदेशमा सवारी परीक्षण कार्यालय स्थापना गर्ने लक्ष्य राखेको थियो।

जसमा गत आर्थिक वर्षमा हेटौंडामा कार्यालय स्थापना भइसकेको छ। चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेशको बुटवलमा सो कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .