अटो


सिप्रदीले अति आवश्यक गाडीको आकस्मिक मर्मत गरिदिने

सिप्रदीले अति आवश्यक गाडीको आकस्मिक मर्मत गरिदिने

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १०:३३,

कोरोनाका कारण जारी निषेधाज्ञालाई ध्यानमा राख्दै सिप्रदीको सबै शाखाहरु बन्द गरिएको भए पनि एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारी साधनलाई सेवा दिइरहेकोे सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ।

राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको सिप्रदीले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो।

आपतकालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा, सिप्रदीको टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ। यो सेवा अति आवश्यक सेवा प्रदान गरिरहेका गाडीहरुलाई २४सै घण्टा सेवामा समर्पित रहेको छ।

केही परि आएको अवस्थामा १६६००१५५७७७ (एनटीसी) वा ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

यसका साथै अन्य जानकारीको लागि सिप्रदीको २४ विभिन्न स्थानबाट सेवाका लागि परिचालित डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सकिनेछ।

‘सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ’ सिप्रदीले भनेको छ।

साथै अब सिप्रदीका ग्राहकहरुले सिप्रदी एप्स डाउनलोड गरेर पनि सर्भिस बूकिङ गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .