ad ad

अटो


महामारीमा अग्रपंक्तिमा खटिनेलाई टाटा मोटर्सले ल्यायो विशेष योजना

महामारीमा अग्रपंक्तिमा खटिनेलाई टाटा मोटर्सले ल्यायो विशेष योजना

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ५:२७,

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नोबल कोरोना भाइरस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस प्रतिकूल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलगायत यो महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

योजनाअनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरुबाहेक थप सुविधा प्राप्त गर्न सक्नेछन्।

यसमा विशेष नगद छुट डेढ लाख रुपैयाँका साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनसस्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

गाडीहरुको होम डेलिभरीको सुविधा पनि रहेको छ। योजनामा सहभागी हुन चाहने यस महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि १ मे २०२१ देखि बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ।

मे ३१ सम्म यस योजनामा सहभागि हुन सकिनेछ कम्पनीले जनाएको छ।

साथै यस आपत्कालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्रीसम्बन्धी सेवा चाहिएको खण्डमा २४ घण्टा नै सेवामा खटिएको कम्पनीले जनाएको छ।

सेवा लिन सिप्रदीको टोल फ्री नम्बरहरु १६६००१५५७७७ (नेपाल टेलिकम) र ९८०१५७५७७७ (एनसेल)मा सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .