ad ad

अटो


ताप्लेजुङका आगलागीपीडितलाई नाडाले गर्‍याे २ लाख १ हजार सहयोग

ताप्लेजुङका आगलागीपीडितलाई नाडाले गर्‍याे २ लाख १ हजार सहयोग

नेपालखबर
चैत १, २०७७ आइतबार ११:३२,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङमार्फत नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ताप्लेजुङका अग्निपीडितहरुलाई सहयोग गरेको छ।

आइतबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको नाडा टोलीले २ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

नाडाले उपलब्ध गराएको सहयोग रकम जिल्ला दैवी प्रकोप उद्धार समिति ताप्लेजुङको कोषमा जम्मा हुनेछ।

राहत रकम हस्तान्तरण गर्न मन्त्रालय पुगेका नाडाका पदाधिकारीहरुसँग मन्त्री नेम्वाङले सवारीसाधनको व्यवसायमार्फत देशको समृद्धि र विकासमा टेवा पु¥याइरहेका नाडाले सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेको भन्दै प्रशंसा गरे।

May be an image of 5 people and people standing

उनले रकम जतिसुकै होस सम्झिने र पीडामा परेको नागरिकलाई राहत पु¥याउने काम ठूलो भएको बताए।

उनले नाडाले उपलब्ध गराएको रकममा आफूले समेत योगदान गर्ने र राहत वितरण प्रणालीलाई समेत पारदर्शी बनाउन पहल गर्ने बताए।

ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ५० घर जलेर ध्वस्त हुँदा ६३ परिवार विस्थापित भएका थिए।

May be an image of 2 people, people standing, people sitting and indoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .