चर्चित ल्युब्रिकेन्ट भिडोलको नेपालमा व्यवसाय गर्दै आएको भीजी ल्युब प्रालिले कम्पनीको डिलर भेटघाट कार्यक्रम आयोजना गरेको छ।
कम्पनीले रविभवनस्थित होटल क्राउन इम्पेरियलमा यही मार्च ७ तारिखमा कार्यक्रम गरेको हो।
बजारमा नयाँ अवसर सिर्जना गर्न डिलरहरुसँग अन्तर्क्रिया कार्यक्रमले सहयोग गरेको कम्पनीले जनाएको छ। बढ्दो मूल्यसँगै डिलरहरुले नयाँ स्किम र उत्पादन ल्याउने योजना बनाएको कार्यक्रममा जानकारी दिइएको थियो। यसले नयाँ पुस्ताका सवारीसाधनलाई सहयोग गर्ने बताइएको छ।
कार्यक्रममा नेपालका ७७ वटा भिडोल डिलरहरुलाई व्यावसायिक प्रस्तुतिका आधारमा सम्मान गरिएको थियो।
टुडब्लु, थ्रिडब्लु, पीसीएमओ, डीईओ, एफईएम, गियर्स र ट्रान्समिसन, ग्रिज, जिन्विन आयलमा राम्रो व्यावसायिक प्रस्तुति देखाएको शिखर लिंक ट्रेडिंग ललितपुर, बियान्स सप्लायर्स हेटौंडा, श्रीजना अटो सर्भिस धरान, जगदम्बा बियरिङ सेन्टर विराटनगरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै रामजानकी ट्रेडर्स जनकपुरले ब्रोन्जे बेस्ट पर्फर्मरको अवार्ड पायो भने जगदम्बा बियरिङले सिल्भर बेस्ट फरफर्म्ड अवार्ड र श्रीजना अटो सर्भिसले गोल्ड बेस्ट परफर्म्ड अवार्ड जितेको बताइएको छ। यो वर्ष बेस्ट इम्प्लोई अवार्ड धरानका सुशील ताम्राकारले र बेस्ट न्युकमर अवार्ड बियान्स सप्लायर्सले पाएका छन्।

प्रतिक्रिया