ad ad

अटो


जेसीबीद्वारा निर्माण क्षेत्रका महिला सम्मानित, छात्रवृत्तिको घोषणा

जेसीबीद्वारा निर्माण क्षेत्रका महिला सम्मानित, छात्रवृत्तिको घोषणा

नेपालखबर
फागुन २५, २०७७ मंगलबार १३:२६,

नेपालका लागि जेसीबी हेभि उपकरण तथा निर्माण उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले निर्माण क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ।

एमएडब्लु जेसीबीले सोमबार कार्यक्रम आयोजना गरेर निर्माण क्षेत्रमा सक्रिय महिलाको योगदानको कदर गर्दै हाइड्रो डेभलपर, कन्ट्रयाक्टर, अपरेटर र अथराइज्ड रिटेल आउटलेटका संचालक गरी १३ जना महिलालाई सम्मान गरेको हो। एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले उनीहरुलाई सम्मान गरेकी हुन्।

सम्मान कार्यक्रममा सम्मानित महिलाले पुरुषको दबदबा रहेको निर्माण तथा हेभि उपकरण क्षेत्रमा वर्तमान अवस्थासम्म आइपुग्न सामना गरेका चुनौतीहरुबारे अनुभव समेत सुनाएका थिए।

‘पहिले पहिले साइटमा जाँदा आफू मात्र महिला हुने गथ्र्यौं। आफैंलाई खिन्न लागेर आउँथ्यो,’ हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रा. लि., प्लानिंग एन्ड बिजनेस अनालाइसिस– भाइस प्रेसिडेन्ट अविज्ञा मल्लले भनिन्, ‘अहिले भने महिलाको सहभागिता बढिरहेको मैले पाएकी छु।’

त्यसैगरी, नेपालकै पहिलो जेसीबी–सर्टिफाइड महिला अपरेटर मुना घिमिरे श्रेष्ठले पनि साइटमा आफूलाई महिला भएकै कारणले धेरैले जेसीबी चलाउँछिन् भन्ने विश्वास नगरेको बताइन्। ‘अहिले पनि मैले मेसिन चलाएको देखेर मानिसहरु अचम्म मानेर हेर्छन्। धेरै ठाउँमा तिमीले सक्दैनौ भनेर हेपिएको पनि छु,’ उनले सुनाइन्।

कार्यक्रममा एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवालले निर्माण क्षेत्रमा महिलाको सहभागिता बढाउने उद्देश्यले अपरेटर वा मेकानिकको तालिम लिन चाहने महिलालाई फाउन्डेसनले ६७ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरिन्।

‘महिलाहरु कुनै पनि हिसाबले पुरुषभन्दा कम हुँदैनन्। अहिले निर्माण क्षेत्रमा महिलाको सहभागिता कम छ। उहाँहरुलाई यो क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न हामीले एमएडब्लु स्किल एकेडेमीसँग सहकार्य गरेर तालिम लिन चाहने महिलालाई दुईतिहाई छात्रवृत्ति दिने भएका छौं,’ उनले भनिन्, ‘अहिलेलाई यो पाइलट प्रोजेक्टको रुपमा यो सुरु भएको छ। यदि यो सफल भयो भने पाँच वर्षको अवधिमा एक हजार जना महिलालाई मेसिन अपरेटर, मेकानिक वा इन्जिनियर क्षेत्रको अन्य तालिमका लागि छात्रवृत्ति दिएर दक्ष महिला जनशक्ति तयार गर्ने लक्ष्य लिएका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .