अटो


रोयल इन्फिल्डद्वारा ‘वेलफेयर राइड’ कार्यक्रम आयोजना

रोयल इन्फिल्डद्वारा ‘वेलफेयर राइड’ कार्यक्रम आयोजना

नेपालखबर
फागुन १९, २०७७ बुधबार १५:५,

नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठित औधोगिक तथा व्यापारीक घराना एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा. लि. ले ‘वेलफेर राइड’ सम्पन्न गरेकोे छ।

बालाजुस्थित रोयल इन्फिल्ड शोरुम देखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए, जुन मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो। यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए। १५ किलोमिटर लामो मोटरसाइकल र्‍यालीका लागी रोड क्यापटेन थिए काठमाडौँ लेजेंड्स्।

कार्यक्रम अन्तर्गत वृद्ध, ज्येष्ठ नागरिक अनि असक्त बुवाआमाहरुलाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं आश्रममा रहेका बुवाआमाहरुसँग अन्तरक्रिया गरिएको थियो।

154046777_4007596032618864_16665277198412775_n_1.jpg

मोटरसाइकल र्‍याली गोंगबु, महाराजगंज, गोल्फुटार हुदैँ मानव सेवा आश्रम, नारायणथानमा पुगी समापन भएको थियो।

मानव सेवा आश्रम पुगेर एम भी दुगड ग्रुप टीम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तर्क्रिरया कार्यक्रम पनि गरेका थिए। कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (सीएसआर) लाई प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि र्‍यालीको मनसाय रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .