ad ad

अटो


टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:६,

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण बुधबारदेखि सुरु गरेको छ।

कम्पनीले यही फागुन ५ देखि १६ गतेसम्म बिहानको ९ः३० देखि साँझको ५ः३० सम्म क्याम्प सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार टाटाका कमर्सियल गाडीधनीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्पको आयोजना गरेको हो।

२८ मंसिरदेखि सुरु भएको पाँचौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाका अनुसार ग्लोबल सर्भिस क्याम्प ग्राहकहरुलाई निकै लाभदायी साबित भएको र ग्राहकहरुको आग्रहमा यो टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए।

साथै यो सर्भिस क्याम १० दिनको भएको र अघिल्लो चरणको सर्भिस क्याम्प छुटाएका ग्राहकलाई यो अवसरको फाइदा उठाउन आग्रह गरे।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा आयोजित गरिएको छ।

यस ग्लोवल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ।

लेवर चार्जमा २५ प्रतिशत छुट, निःशुल्क इन्जिन आयल टप अप, निःशुल्क इन्जिन आयल टप अप, टाटा जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, लुब्रिकेन्टसमा १८ प्रतिशत छुट, टाटा जेन्यूइन स्पेयर पार्टसमा ६ महिनाको वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिस र सर्भिस क्याममा सहभागी ग्राहकहरुलाई निःशुल्क २ सय रुपैयाँको मोबाइल रिचार्ज यो सर्भिस क्याम्पका आकर्षणहरु रहेका छन्।

यसको साथै टाटा गाडीसम्बन्धी केही जिज्ञाशा वा गुनासो छ भने अनलाइन परामर्शको सुबिधा पनि यो सर्भिस क्याम्पमा रहेको कम्पनीले जनाएको छ।

सर्भिस बुकिङ्गको लागि ९८०१२२३३४४ मा मिसकल दिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .