ad ad

अटो


उपत्यकामा टाटा कार्निभल सुरु, कार खरिद गर्ने ग्राहकलाई छुट र अफर

उपत्यकामा टाटा कार्निभल सुरु, कार खरिद गर्ने ग्राहकलाई छुट र अफर

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ५:२३,

सिप्रदी ट्रेडिङले टाटा कम्पनीका कारहरुको मेला (कार्निभल) आयोजना सुरु गरेको छ। बिहीबारदेखि सुरु भएको मेला आइतबारसम्म ‘कार्निभल’ सञ्चालन हुनेछ।

कार्निभलमा कार खरिद गर्ने ग्राहकलाई युरोप भ्रमण, एप्पलको मोबाइल सेट साथै तीन लाखसम्मको नगद छुट प्राप्त गर्ने सुविधा समेत दिइएको टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बताएको छ। यसबाहेक एक वर्षबराबरको सडक दस्तुर कम्पनीको तर्फबाट दिने जनाइएको छ।

कार्निभलमा कार किन्नेले डेलिभरी लिँदा समेत थप १० हजारबराबरको सरप्राइज उपहार दिनुको साथै पुरानो कारसँग नयाँ एक्सचेन्ज गरेमा थप एक लाख एक्सचेन्ज बोनस दिने बताइएको छ। कार बुकिङ्ग गर्ने एक भाग्यशाली विजेताले ३२ इन्चको सामसुङ टेलिभिजन र थाइल्यान्ड भ्रमण गर्नका अवसर पाउनेछन्।

टाटा मोटर्सको कार्निभलमा ग्लोबल आईएमई बैंक तथा सिभिल बैंकले समेत स्टल राखेका छन्। त्यही गाडी किन्न चाहनेलाई यी बैंकले कर्जा सुविधा उपलब्ध गराउनेछन्।

यो मेला टाटा मोटर्सको शोरुम थापाथलीमा १९ गतेसम्म बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .