नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (लक्ष्मी हुण्डाई) ले हाल कोविड–१९ को बदलिँदो परिस्थितीलाई सहज बनाउनको लागि एक नौलो बिक्री माध्यमको विकास गरेको छ। यस माध्यम मार्फत ग्राहकहरुले सम्पर्कविहीन वा सिमित सम्पर्कमा सजिलै अनलाइनबाट आफूलाई चाहिएको हुण्डाई गाडीे खरिद गर्न सक्नेछन्।
लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को सावधानी स्वरुप सामाजिक दूरी कायम राख्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा नौलो सुविधा प्रदान गर्नको लागि आफ्नो आधिकारीक वेबसाईटबाट ‘क्लिक टु बाई’ सेवाको सुरुवात गरेका छ। ग्राहकहरुका लागि गाडी खरिदको प्रक्रिया सहज बनाउनको लागि, यस प्रणाली मार्फत ग्राहकहरुले आफूलाई चाहिएको गाडी सजिलै खोजेर छनौट गरी त्यस गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा अन्य विभिन्न फाईदाहरुको साथै आफूलाई चाहिएको गाडीको उपलब्ध रहेका विभिन्न रंगहरुको छनौट गरी खरिद गर्न सक्नेछन्।
ग्राहकहरुले उपलब्ध रहेको गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी गाडी खरिदका लागि अनलाइनबाट कोटेशन जारी गर्नका साथै ‘क्लिक टु बाई’ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत सजिलै आफूलाई चाहिएको गाडी बुक गर्न सक्नेछन्। यसकासाथै आवश्यकता परेमा बैंक फाइनान्सको पनि प्रक्रिया अनलाइन मार्फत गर्न सक्नेछन् अथवा अनलाइन ट्रान्सफर वा चेक मार्फत डिलरशिपलाई बाँकी रकम तिरेर उनीहरूको उपयुक्त स्थानमा गाडीको डेलिभरी लिन सक्नेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले, यदी ग्राहकहरुले हुण्डाई ‘क्लिक टु बाई’ प्रयोग गरी हुण्डाई गाडी खरिद गरेमा रु। १० हजारको सर्भिस भौचर प्रदान गर्नेछन्। ग्राहकहरुले यस सर्भिस भौचर हुण्डाईका नेपाल भरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस्रल्युबरीकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन्। ग्राहकहरुलाई यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ।
हुण्डाईका गाडीहरु सधैं नेपाली ग्राहकहरुको छनौटमा पर्न सफल हुँदै आएका छन्। आफ्ना ग्राहकहरुलाई उत्कृष्ट र नौलो सेवा अनुभुती प्रदान गर्न लक्ष्मी हुण्डाई सधैँ तत्पर रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया