ad ad

अटो


गल्फको डिलर कन्फ्रेन्स सम्पन्न, यी डिलर भए पुरस्कृत

गल्फको डिलर कन्फ्रेन्स सम्पन्न, यी डिलर भए पुरस्कृत

नेपालखबर
साउन १३, २०७६ सोमबार ९:५२,

 गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष डिलर कन्फ्रेन्स २०७६÷०७७ सम्पन्न गरेको छ। ललितपुरको होटल हिमालयमा सम्पन्न उक्त कन्फ्रेन्सको ट्यागलाइन ‘क्रिएटिङ ब्लुप्रिन्ट्स फर बेटर फ्युचर’ थियो।

कन्फ्रेन्सलाई कम्पनीको रणनीतिक छलफल र पुरस्कार समारोह गरी दुई भागमा बाँडिएको थियो। सो अवसरमा गल्फका आधिकारिक वितरकहरुमध्ये उत्कृष्ट वितरकलाई विभिन्न शीर्षकमा पुरस्कृत गरिएको छ। एक सय किलोलिटरभन्दा बढी बिक्री गर्नेमध्ये बुटवलको न्यु भैरव लुब्रिकेसन पहिलो नम्बरमा पर्न सफल भएको छ। त्यसैगरी काठमाडौं, चावहिलको एभ ट्रेडिङ प्रालिले दोस्रो र धनगढीको सयपत्री स्टोर्सले तेस्रो स्थान हासिल गरेका छन्।

एक सय किलोलिटरभन्दा कम बिक्री गर्नेमध्ये नेपालगञ्जको रवि ट्रेडर्स, भक्तपुरको डीजी ट्रेड एन्ड सेन्टर र काठमाडौं, सीतापाइलाको कुसुम इन्टरप्राइजेज क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन्। त्यसैगरी ललितपुरको नेपाल अटो ट्रेडर्स बेस्ट सेल्स इन टु ह्विलर, सुर्खेतको कर्णाली इन्टरप्राइजेज बेस्ट न्यु कमर र बुटवलको न्यु भैरव लुब्रिकेसन फर्स्ट ग्लोरियस इन्ट्रान्स इन २०० केएल उपाधिका साथ सम्मानित भएका छन्।

कन्सिस्टेन्ट पर्फमरको रुपमा दमकको जे एन्ड के इन्टरप्राइजेज, कावासोतीको आरएस ट्रेडिङ, लहानको महिन्द्रा आयल एन्ड ट्रेड कन्सर्न र जनकपुरको एसआर इन्टरप्राइजेज पुरस्कृत भएका छन्। नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले वितरकहरुलाई पुरस्कृत गरेका थिए ।

नेपाल ल्युब आयल लिमिटेड गल्फ आयल इन्टरनेसनलको इजाजत प्राप्त कम्पनी हो, जसले गल्फ लुब्रिकेन्ट्स नेपालमै उत्पादन र बिक्री–वितरण गर्छ । गल्फ आयल कर्पोरेसन लिमिटेडको ट्रेडमार्क एग्रिमेन्ट अनुसार सन् १९८३ मा ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गरी यसले कार्य थालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .