ad ad

अटो


टाटा मोटर्सद्वारा ग्राहकलाई एकैदिन १११ वटा गाडी हस्तान्तरण

टाटा मोटर्सद्वारा ग्राहकलाई एकैदिन १११ वटा गाडी हस्तान्तरण

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार १६:२२,

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले देशैभरिका ग्राहकहरुलाई एकैदिन १११ वटा प्यासेन्जर भेहिकल हस्तान्तरण गरेको छ।

विश्वब्यापी महामारीको प्रतिकुल परिस्थितिमा पनि एकैदिन १११ वटा गाडीहरु हस्तान्तरण गरिनुलाई सिप्रदीले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छ।

उत्कृष्ट बिक्री तथा बिक्री पश्चातका सेवाहरुको सञ्जाल भएको सिप्रदीले तीन दशकभन्दा धेरै समयदेखी टाटा मोटर्सका अत्याधुनिक तथा सुबिधासम्पन्न गाडीको बिक्री वितरण र बिक्री पश्चातका सेवाहरु उपलब्ध गराउँदै आएको छ।

यात्रुका लागि सुरक्षामा बिशेष ध्यान पु-याइएको टाटाका गाडीहरुले ग्लोवल एनक्याप सुरक्षामा उत्कृष्ट रेटिङ्ग प्राप्त गरिरहेका छन्।

111_Delivery.JPG

टाटाका गाडीहरु सुरक्षित र बिश्वसनिय भएकाले ग्राहकहरुको रोजाईमा पर्न सफल भएको छ। टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागोरटिगोर लगाएतका रहेका छन्।

हालैमात्र सार्वजनिक गरिएको बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोजले पनि नेपाली अटो बजारमा अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ।

बजारको मागअनुसार प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै गईरहेको सिप्रदीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर सेवा पु-याउदै आईरहेको छ।

साथै टाटा मोटर्सका गाडी खरीद गर्न चाहने खरीदकर्ताहरुले आफूलाई पायक पर्ने टाटा मोटर्सका सोरुमा गएर गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गरी खरीद गर्न सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .