अटो


टीभीएसले ल्यायो मोटरसाइकल नकिने पनि ‘अपाचे आरआर ३१०’ जित्नसक्ने योजना

टीभीएसले ल्यायो मोटरसाइकल नकिने पनि ‘अपाचे आरआर ३१०’ जित्नसक्ने योजना

नेपालखबर
असोज ६, २०७७ मंगलबार ७:५९,

टीभीएस मोटर्सका दशैं योजनामा सहभागी हुनेले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका छन्।

टीभीएस मोटर्सको ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत हरेक हप्ता एक जना भाग्यशालीले अपाचे आरआर ३१० मोटरसाइकल जित्न सक्ने भएका हुन्।

यसको लागि जगदम्बा मोटर्स डटकममा रजिस्टर्ड गर्नुपर्नेछ भने बाइक तथा स्कुटर खरिद गरे पनि नगरे पनि मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले हरेक हप्ता फेसबुक लाइभमार्फत एक जना भाग्यशाली विजेता घोषणा गर्नेछ।

टीभीएसको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘टीभीएस दशैंको आशा’ योजनाअन्तर्गत नै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ९ हजार नगद छुट प्राप्त गर्नेछन्। ५० प्रतिशत डाउन पेमेन्टमा सवारीसाधन खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिनेछ।

टीभीएसले अपाचे आरटीआर १६० र २००, अपाची आरटीआर १६० फोर भी र २०० फोरभीसहित ज्यूपिटर, एनटर्क, विगोलगायतका स्कुटर बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .