अटो


कियाले सार्वजनिक गर्‍यो ‘सोनेट’को पहिलो तस्बिर

कियाले सार्वजनिक गर्‍यो ‘सोनेट’को पहिलो तस्बिर

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १२:४१,

किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ।

सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो। यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो। सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ।

किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ। कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ। कियाको परिचालक जालिमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको छ।

‘नयाँ किया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो। यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं। हामीले नयाँ किया सोनेटको सबै पक्षमा कुनै सम्झौता नगरी ध्यान दिनुका साथै भारतमा हाम्रा डिजाइनरले फेला पार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने, ‘समग्रमा हामी नयाँ किया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषतासहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं।’

सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो। यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो। नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ। त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ। किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो।

द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ किया मोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ। लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावरट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यात हुनेछ।

किया मोटर्स कर्पोरेसनबारे
किया मोटर्स युवा मनका लागि विश्वस्तरीय बाहन निर्माता हो। सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्छ। संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन्।

किया अब विस्तारै विद्युतीय बाहन उत्पादनतर्फ जाँदै गरेको कम्पनी हो, जसले विश्वभरको सहरी सहरी मोबिलिटी सेवाका चुनौती सामना गर्न मद्दत गर्नेछ। द पावर टू सरप्राइज भन्ने कियाको ब्रान्ड स्लोगनले अपेक्षाभन्दा परको प्रचलित र प्रभावशाली अनुभवबाट विश्वलाई चकित पार्ने यसको विश्वव्यापी प्रतिबद्धताको प्रतिनिधित्व गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad