ad ad

अटो


उपत्यकामा टीभीएस माेटरसाइकलका तीनवटा सर्भिस सेन्टर थपिए

उपत्यकामा टीभीएस माेटरसाइकलका तीनवटा सर्भिस सेन्टर थपिए

नेपालखबर
साउन १, २०७६ बुधबार ११:१३,

नेपालका लागि टीभीएसको एक मात्र अधिकृत बिक्रेता जगदम्बा मोटर्सले उपत्यकाका तीन स्थानमा टीभीएस माेटरसाइकलकाे सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। भक्तपुरकाे कौशलटार, ललितपुरकाे कुपन्डोल र काठमाडाैंकाे संतुगलमा कम्पनीले आधुनिक नयाँ सर्भिस सेन्टरहरु बुधबारबाट सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा जगदम्बा मोटर्स कम्पनीका उपाध्यक्ष दिपक कुमार अग्रवालले बजारमा अत्याधुनिक सुविधासम्पन्न सर्भिस सेन्टर खाेलेकाे जानकारी दिए।

tvs service center 2

उनले अहिले बजारमा भित्रिएको टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरहरुमा नयाँ प्रविधि प्रयोग गरिएको बताए। कम्पनीका उपाध्यक्ष अग्रवालले नयाँ सर्भिस सेन्टरसँगै ग्राहकले सहज रुपमा टीभीएस बाइक र स्कुटर किन्नका साथै सर्भिस सेन्टर दिनसक्ने बताए।

tvs service center 3

सबैका बिक्री सर्भिस र स्पेयर सुविधा समेत रहेको जगदम्बा मोटर्सका सर्भिस म्यानेजर श्यामकृष्ण महर्जनले जानकारी दिए। नयाँ सर्भिस सेन्टर आधुनिक प्रविधियुक्त रहेका छन्।

tvs service center 4

यसबाट समयको बचत हुनको साथै कम्पनीले बिक्रीपछि ग्रहाकलाई दिने सेवाहरु दिने जगदम्बा मोटर्सका सर्भिस म्यानेजर महर्जनले बताए। तीनवटै सर्भिस सेन्टरबाट टीभीएस मोटरसाइकल र स्कुटर सर्भिसिङ सेवा दिने कम्पनीले जनाएको छ।

tvs service center 5

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .