हुन्डाईका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले हुन्डाईका गाडी किन्नेलाई अफर ल्याएको छ। कम्पनीले गाडीअनुसार फरक–फरक अफर ल्याएको हो।
कम्पनीले गाडी किन्नेहरुका लागि पहिलो वर्ष किस्तामा ५० प्रतिशत छुट दिएको उल्लेख गरेको छ।
हुन्डाईको सेन्ट्रो गाडी किन्न चाहने ग्राहकलाई एक वर्षसम्म मासिक ८ हजार ४ सय २७ रुपैयाँ किस्तामा किन्न सकिने अफर ल्याएको छ।
त्यसैगरी कम्पनीले हुन्डाईको ग्राण्ड आई १० किन्ने ग्रहाकको लागि पहिलो वर्ष १० हजार ८ सय ८३ रुपैयाँ बुझाए पुग्ने बताएको छ।
हुन्डाईको लोकप्रिय गाडी मासिक १७ हजार २ सय १४ रुपैयाँमा खरिद गर्न सकिने अफर ल्याएको छ।
ग्राहकले राष्ट्र बैंकअनुसार ५० प्रतिशत डाउन रकम गाडी खरिद गर्दा बुझाउनुपर्नेछ भने बाँकी किस्तामा छुट ल्याएको हो।
हुन्डाईका गाडी खरिद गर्दा १ वर्षको लागि निःशुल्क बीमा, आर्थिक वर्ष २०७७÷०७८ को लागि निःशुल्क सडक दस्तुर, स्वास्थ्यकर्मीहरुका लागि विशेष प्याकेज ल्याएको छ।
प्रतिक्रिया