ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ‘बाइ नाउ पे इन २०२१’ योजना ल्याएकाे छ। कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेकाे अहिलेकाे अवस्थामा नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित यस्ताे योजना प्रस्तुत गरेको कम्पनीले जनाएकाे छ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले गाडी किनिसके पछि ६ महिना अवधि सम्म कुनै पनि इएमआई तथा व्याज तिर्नुपर्नेछैन। उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ। साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ।
डाट्सन रेडी गो ०.८ एल र १.० एल तथा डाट्सन गो शक्तिशाली १.२ एल इन्जिनका साथ बजारमा उपलब्ध छन्।
गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजना अन्तर्गत उपलब्ध रहनेछ।
यो अफर स्टकको उपलब्धता सम्म रहनेछ। साथै शर्तहरु लागू हुने जनाइएकाे छ।
Shares

प्रतिक्रिया