ad ad

अटो


मोटरसाइकलको किस्ता जेठ ३२ भित्र तिरे होन्डाले ब्याजमा छुट दिने

मोटरसाइकलको किस्ता जेठ ३२ भित्र तिरे होन्डाले ब्याजमा छुट दिने

नेपालखबर
जेठ १९, २०७७ सोमबार १०:३७,

होन्डा नेपालको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले मोटरसाइकल तथा स्कुटरको किस्ता जेठ ३२ भित्र तिर्दा ब्याजमा छुट दिने भएको छ। होन्डाले सूचना जारी गर्दै किस्ता रकम जेठभित्र तिर्दा १० प्रतिशत ब्याज छुट दिने बताएको हो।

कम्पनीले ग्राहकले अनलाइनबाटै आफ्नो किस्ता रकम तिर्न सक्ने जानकारी दिएको छ।

‘कोभिड १९को अवस्थालाई ध्यानमा राखी शारीरिक दूरी कायम गर्नुपर्ने र किस्ता भुक्तानी गर्ने जाँदा उच्च जोखिम हुने भएकाले ग्राहकहरुको सुरक्षाको लागि किस्ता सेल पे, ईसेवा, आईएमई पे, खल्ती, कनेक्ट आईपीएसमार्फत होण्डा फाइनान्सको किस्ता तिर्न सकिनेछ’, कम्पनीले सूचनामा भनेको छ।

०७६ चैत ११ गतेदेखि लकडाउनको कारण किस्ता तिर्नुपर्ने रकम डिफल्ट भए जेठ ३२ सम्मको पूर्णरुपमा डिफल्ट रकम भुक्तानी भएमा कम्पनीले ग्राहकलाई नियमित किस्ता भुक्तानी गरेमा पाउने ब्याज छुटको सुविधा पाउने होन्डाले जनाएको छ।

लकडाउन सुरु भएदेखि जेठ ३२ सम्मको रकममा जति किस्ताको ब्याज छ, सो ब्याज रकमको १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .