साहसिक तथा पर्यटकीय खेलकुद महासंघ, माउण्टेन स्पोर्ट्स फेडेरेसन—नेपाल र नेपाल माउण्टेन एकेडेमीबीचमा रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको छ। बिहीबार आयोजित एक समारोहका बीच महासंघका अध्यक्ष गोविन्द भट्टराई तथा एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सो सम्झौताअनुसार नेपालको साहसिक तथा पर्वतीय खेल पर्यटनको क्षेत्रमा तालिम, संयुक्त कार्यक्रम, अध्ययन अनुसन्धान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाहरुमा सहकार्य गरिनेछ।
यस सम्झौताले नेपालको साहसिक पर्यटन, पर्वतीय खेलकुद र सस्टेनेबल टुरिजमको लागि सकारात्मक परिणाम दिने विश्वास दुवै पक्षले गरेको एकेडेमीका निर्देशक ज्ञवालीले जानकारी गराए।
प्रतिक्रिया