कोरोना महामारीविरुद्ध लड्नको लागि फक्सवागनले फेस सिल्ड होल्डर बनाउन आवश्यक प्रक्रिया सुरु गरेको छ। उक्त प्रविधि एयरबस र थ्रीडी प्रिन्टिङ नेटवर्क मोविलिटी गोज एडिटिभको साथै अन्य देशको संयुक्त योजना हो।
स्पेनिस अधिकारीहरुको अनुरोधमा उक्त काम सुरु गर्न लागिएको बताइएको छ। कम्पनीले सो प्रविधि स्पेनमा प्रयोग गर्नेछ। आउँदो हप्ता सो मेसिन जर्मनीको ह्याम्बर्गबाट स्पेनको म्याड्रिड हवाइ मार्ग हुँदै लगिनेछ।
फक्सवागन ग्रुपका प्रोडक्सनका प्रमुख गेर्ड वाकरका अनुसार सो होल्डर वल्फ्सबर्ग र इंगोलस्टेडका थ्रीडी प्रिन्टिङ सेन्टरमा मात्र होइन औडी, बेन्ट्ले, बुगाटी, मेन ट्रक एन्ड बस, पोर्शे, फक्सवागन प्यासेन्जर कार र फक्सवागन मोटर स्पोर्टको साथै अन्य कम्पनीमा पनि उत्पादन गरिनेछ ।
होल्डरमा थर्ड पार्टी कम्पनीहरुले एक प्लास्टिक पत्र राखिनेछ। सो होल्डर फक्सवागन कम्पनीले निर्माण गर्नेछ। सो सिल्डको मद्दतले मानिसको अनुहार पारदर्शी सुरक्षा कभरमार्फत ढाकिन्छ ।
प्रतिक्रिया