ad ad

अटो


१४औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरु घोषणा

१४औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरु घोषणा

नेपालखबर
चैत २, २०७६ आइतबार ५:१४,

युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा) ले १४ औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ। गत शुक्रबार भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको कम्पनीले जनाएको छ।

डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म कला प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १ हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको हो। जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए।

उक्त प्रतियोगिताले विश्वका हर कुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविष्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत् साझा गर्नका लागि आमन्त्रण गर्दछ ।

हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको छ।

सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ। सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० प्रविष्टिहरु आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .