ad ad

अटो


लक्ष्मी ग्रुपले फैलाउँदै छ नेपालमा एसएमएल इसुजुको व्यवसाय

लक्ष्मी ग्रुपले फैलाउँदै छ नेपालमा एसएमएल इसुजुको व्यवसाय

बसन्त अर्याल
माघ १७, २०७६ शुक्रबार ८:३५,

एसएमएल इसुजु व्यावसायिक सवारीसाधन उत्पादन गर्ने कम्पनी हो। यसले ट्रक, टिप्पर, बस र स्पेसल प्रपोज भेहिकललगायत गाडी उत्पादन गर्दै आएको छ। कम्पनीले एसएमएल र इसुजु ब्राण्ड गरी दुईवटा प्लेटफर्ममा गाडी उत्पादन गरिरहेको छ।

२० वर्षयता एसएमएल इसुजुका गाडी नेपालमा बिक्री हुँदै आए पनि सन् २०१८ नोभेम्बरबाट लक्ष्मी ग्रुपले आधिकारिक बिक्रीवितरण सुरु गरेको छ। ग्रुपअन्तर्गतको गोल्ड फिसको नाम परिवर्तन भई हाल लक्ष्मी कमर्सियल्स भेहिकल प्रालि भएको छ।

कम्पनीको सर्भिस र स्पेयर पार्टस प्रमुख सागर दीप खड्काले नेपालभर नौवटा थ्रिएस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस (बिक्री, बिक्रीपछिको सेवा र पार्टपुर्जा) नेटवर्क रहेको बताए। उनले ३ वटा टु एस नेटवर्क र सन् २०२० को अन्तसम्म देशभर कम्तीमा १० वटा वान एस (रिटेल पार्टस् आउटलेट) स्थापना गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी दिए।

sml gurjudhara 7

कम्पनीकाे सर्भिस एण्ड स्पेयर्स पार्ट्स हेड सागर दीप खड्का।

स्नातक मेकानिकल इन्जिनियरिङ भारतमा र कमर्सियल भेहिकल टेक्नोलोजीमा जर्मनीबाट स्नातकोत्तर गरेका खड्का देशभरका सर्भिस नेटवर्क, प्लानिङ अपरेसन हेर्छन्। अहिले इटहरी, बिर्तामोड, चपुर, काठमाडौं, पोखरा, भैरहवा, दाङ, सुर्खेत, धनगढीमा सहरमा कम्पनीको थ्रिएसको नेटवर्क रहेको छ। त्यस्तै, पाँचखाल, बाह्रबीसे र मेलम्चीमा टु एस नेटर्वक रहेको छ।

नक्सालबाट इसुजुसँग हातेमालो, गुर्जुधारामा दोस्रो थ्रिएस वर्कशप
लक्ष्मीले एसएमएल इसुजुसँग काठमाडौंको नक्सालबाट हातेमालो सुरु गरेको हो। अहिले पनि कर्पोरेट अफिस तथा पहिलो शोरुम नक्साल भगवती मन्दिर र गौचरनबीचमा रहेको छ। कम्पनीको पहिलो फुल फेज वर्कशप पोखरामा स्थापना भएको थियो। अहिले कम्पनीले गुर्जुधारामा पनि ४८ हजार ३ सय ७५ वर्गफिट क्षेत्रमा फुल फेज फ्ल्यागसिप वर्कसप सञ्चालनमा ल्याएको छ। यसलाई कम्पनीले मदर वर्कशप भन्ने गरेको छ।

sml gurjudhara 6

अनुभवी इन्जिनियरले दिन्छन् सेवा
गुर्जुधारामा रहेको यो दोस्रो थ्री एस वर्कशप हो। गुर्जुधारा सेवा केन्द्रमा विक्री सेवा सर्भिस, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टाछुट्टै शाखाहरु रहेका छन्। ग्राहकको सेवा सुविधाको लागि कम्पनीले आधुनिक उपकरणहरुसहित योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरु रहेका छन्।

गुर्जुधाराबाट मात्रै कम्पनीले दैनिक २५ सवारीसाधनहरुको सेवा प्रदान गर्ने क्षमता छ। वर्कशपले ५ सयदेखि ७ सय वटा गाडीहरु अपरेसनमा र ७ सयभन्दा बढी गाडी बिक्रीमा अर्को वर्कशप बढाउने तयारी रहेको खड्का बताउँछन्। हाल दैनिक ५ देखि ७ प्रतिशत गाडी सर्भिसमा आए पनि पर्याप्त ठाउँ पुग्ने दाबी छ।

sml gurjudhara 2

नौवटा वर्किङ वे एउटा इन्स्पेक्सन पीट र एउटा वासिङ ¥याम्प रहेको तथा यस मदर वर्कशपलाई चाहिने सबै युटिलिटी रुमहरु पनि छन्। त्यसको अलावा स्पेयरपार्टसको वेयर हाउस छ। गुर्जुधारामै कम्पनीको तालिम केन्द्र पनि छ। केन्द्रमा एक ब्याचमा ३० देखि ३५ जना टेक्निसियन, सर्भिस म्यानेजर, सेल्स टिमलगायतलाई तालिम दिनसक्ने क्षमता छ।

पहिलो फोकस ‘सर्भिस’
एसएमएल इसुजुको देशभर रहेका नेटवर्कलाई अझै विस्तार गर्ने योजना भएको खड्का बताउँछन्। कम्पनीले जुन ठाउँमा गाडीको समस्या आउँछ, तत्कालै सबैभन्दा नजिकको नेटवर्कले सेवा प्रदान गर्छ। त्यसका अलावा कम्पनीसँग मोबाइल सर्भिस भ्यान छ। यसमार्फत साइट सर्भिस दिने गरिएको छ। कुनै नेटवर्कलाई प्रविधिकसहित अन्य सहयोग चाहिएमा मुख्य कार्यालयले सहयोग पुर्याउँदै आएको छ। २० वर्षदेखि नेपालमा इसुजुका गाडी चलिरहेका छन्।

 sml gurjudhara 3

बढ्दो लोकप्रियता
सर्भिस इन्ट्रभल लामो भएको, प्रतिस्पर्धी कम्पनीभन्दा कम खर्चमा मर्मतसम्भार हुने, मेन्टेनेन्स फ्रिक्वोन्सी कम भएको एसएमएल इसुजुले आफँैले बडी मापदण्ड पूरा गरी बनाउने र लामो टिकाउ भएको कारण नेपालमा यसको लोकप्रियता बढ्दो छ।

लक्ष्मी कमर्सियलमार्फत बिक्री भएका तथा पहिलेदेखि चल्दै आएका एसएमएल इसुजुका गाडीमा अफरोड समस्या आए सोही दिनभित्रै प्राविधिक पुग्ने गरेको कम्पनीको दाबी छ। लामो समय सर्भिस नपाएर बसेको रेकर्ड कम्पनीसँग छैन। कम्पनीले गाडी बनाउनुभन्दा पहिले ग्राहकसँग समय र खर्चसम्बन्धी सल्लाह गरी गाडी मर्मत हुन्छ। जस्तो इन्जिनको पूर्ण मर्मत गर्नुपर्ने हो भने त एकै दिनमा नहुन सक्छ। त्यस्तो बेला ग्राहकलाई पहिला यति समय र खर्चभित्र बन्छ भन्ने जानकारी पाउने गरेको खड्काले बताए।

sml gurjudhara 4

आधुनिक प्रविधिको प्रयोग गरी वर्कशपले काम गर्ने हुँदा अन्य वर्कशप र टेक्निसियन आधारित कामभन्दा छिटो हुन्छ। एसएमएल इसुजुका सबै गाडीमा एउटै प्रकारका इन्जिनसहितका पार्टस पुर्जा रहेको हुँदा पार्टस पाउँदैन कि भन्ने चिन्ता लिनु पनि पर्दैन। केही गाडीमा सामान्य फरक भए पनि मेजर एग्रिगेट गरेको स्पेयर पार्टस एउटै हुन्छन्। एसएमएल इसुजुले ९५ प्रतिशतभन्दा बढी विभिन्न मोडलका बडी पनि आफ्नै प्लान्टमा बनाउने गरेको छ। तर ग्राहकको चाहनाअनुसार एसएमएल इसुजुले च्यासिस मात्रै पनि उपलब्ध गराउँछ ।

यस्तो छ कम्पनीको इतिहास
कम्पनीकाे इतिहास सन् १९८३ देखि सुरू हुन्छ। भारतको पन्जाबमा साेही वर्ष स्वराज भेहिकल लिमिटेड स्थापना भएको थियाे। त्यसको १ वर्षपछि पन्जाब ट्याक्टर लिमिटेड, माज्डा मोटर कर्पोरेसन र सुमितोमो कर्पोरेसन जापानबीच ज्वाइन्ट भेन्चर निर्माण भयो र कम्पनीको नाम स्वराज माज्डा लिमिटेड राखियो।

सन् १९८६ बाट व्यावसायिक सञ्चालनमा आएको कम्पनीले सन् १९८७ मा भारतमै व्यावसायिक रुपमा बस उत्पादन सुरु गर्यो। सन् १९९० मा दोस्रो ट्रक मोडल ‘सुपर’ सार्वजनिक गर्यो। सन् १९९६ मा ल्याएको फोरह्विल ड्राइभ ट्रक लामो समय कम्पनीको सिग्नेचर प्रोडक्टको रुपमा रह्यो।

sml gurjudhara 5

कम्पनीले सन् २००६ मा प्राविधिक सहयोगको लागि जापानको इसुजु मोटर्ससँग हस्ताक्षर गर्यो। सन् २०११ स्वराज माज्डाको नाम परिवर्तन गरी एसएमएल इसुजु लिमिटेड नामकरण गरियो। उक्त कम्पनीले २०१२ देखि एसएमएल एस७ बस, इसुजु एफआर १३१८ विलासी बस, एचजी७२, एचडी १९ ट्रक बजारमा सार्वजनिक गरेको थियो। सन् २०१३ देखि एक्स्ट्रा माइलेज (एक्सएम) सिरिजका ट्रक र बस ल्यायो। सन् २०१९ देखि ग्लोबल सिरिज (जीए)का ट्रक, टिप्पर लन्च गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .