ad ad

अटो


मालाश्री मोटर्स टीभीएस शोरुममा नयाँ बाइक किन्ने ग्राहकको भिड

मालाश्री मोटर्स टीभीएस शोरुममा नयाँ बाइक किन्ने ग्राहकको भिड

नेपालखबर
माघ ८, २०७६ बुधबार १४:४,

नेपालको लागि टीभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले चितवनको नारायणघाट शोरुममा ‘थामिएको जीवनको रफ्तारमा बदल्न परिवर्तन जरुरी छ’ भन्ने नाराका साथ मेघा एक्सचेञ्ज योजना माघ ५ गतेदेखि माघ ९ गतेसम्म सञ्चालन गरिरहेको छ।

जगदम्बा मोटर्सले विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा मोटरसाईकल तथा स्कूटरहरु उपलब्ध गराई बिक्री वितरण गर्दै आएको छ र ग्राहक को सुबिधाको लागि कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर छोडेर जानुस् आफ्नो थामिएको जीवनको रफ्तारमा बदल्न परिवर्तन जरुरी छ, त्यसको लागि नयाँ बाइक तथा स्कुटर लिएर जानुस् भन्ने उद्देश्यले मेघा एक्सचेन्ज गरेको जनाएको छ।

mala_6.jpeg

यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टीभीएस मोटरसाईकल तथा स्कुटर रोज्ने सुबिधा प्राप्त गर्नेछन्। पहिलो सुबिधा अन्तर्गत आफूसँग भएको मोटरसाईकलको बजार भ्यालुएसनमा थप १५ हजार भ्यालुएसन प्राप्त गर्ने छन्। त्यस्तै, दोस्रो सुविधामा बाइक तथा स्कुटरको खरिदमा ७ हजार पक्का नगद छुट प्राप्त गर्ने छन् र तेस्रो सुविधामा शुन्य प्रतिशत फाइनान्समा बाइक तथा स्कुटर प्राप्त गर्ने छन्।

यसका अतिरिक्त टीभीएस टु ह्वीलर खरिद गर्दा हेलमेट पनि उपहार स्वरूप प्राप्त गर्ने कुरा जगदम्बा मोटर्स टीभीएसका रिजनल अफिसर देबेन्द्र ढुंगानाले जानकारी दिए। टीभीएस एन्टर्क रेस एडिसन र एक्सेल हन्ड्रेटमा माथि उल्लेखित स्किमहरु लागु हुने छैन।

mala_5.jpeg

यो मेघा एक्सचेन्ज अफरबाट ग्राहकहरुलाई धेरै नै फाइदा पुगेको भन्दै अन्तिम दिन बिहीबारसम्म ग्राहकको भिड साथै बिक्रीको लक्ष्य पुरा गर्ने टीभीएस शोरुम नारायणगढ मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .