अटो


सिप्रदीको नयाँ वर्ष-नयाँ कार योजना

सिप्रदीको नयाँ वर्ष-नयाँ कार योजना

नेपालखबर
पुस १६, २०७६ बुधबार १३:१६,

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ। उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु १ लाख सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन्।

सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्टजर भेइकल प्रमुख सावन्त सिंजापतिले आज आयोजित कार्यक्रममा भने, 'टाटा मोटर्सको प्यासेन्जर कारहरूका लागि अल न्यू ज्यानुअरी थिम प्रस्तुत गर्न पाउँदा एकदमै खुसी छौँ। यो थिमले एउटा ग्राहकले नयाँ वर्षको सुरुवातमा के चाहान्छन् भन्नेलाई सम्बोधन गर्दछ। एउटा राम्रो कारले तपाईँलाई आफ्नो परिवारसँग मिलन गराउँछ। आरामदायी यात्रा, सुरक्षा तथा थप विशेषता भनेकै टाटाले ब्रान्डका रूपमा आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कुराहरू हुन्।'

यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने उनले बताए। साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा आएर नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले आग्रह गरेको छ। 

४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो। ११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad