ad ad

अटो


पर्यटकलाई लक्षित गर्दै ‘क्वाड’ बाइक नेपालमा

पर्यटकलाई लक्षित गर्दै ‘क्वाड’ बाइक नेपालमा

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १२:३८,

विदेशका मरुभुमीमा मनोरञ्जनको लागि प्रयोग हुने ‘क्वाड’ बाइक नेपालमा पनि प्रयोगमा आएको छ। चित्लाङ रिसोर्ट प्रालीले नेपाल भ्रमण वार्ष २०२०लाई लक्षित गरी ‘क्वाड’ बाइक नेपाल भित्राएको हो।

रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले पर्यटकलाई चित्लाङमा आकर्षित गर्नको लागि बाइक भित्राएको बताएका छन्। उनले नेपालखबरसँग भने ‘यसको मुख्य उद्देश्य मनोरञ्जन नै हो।’

IMG_1675.JPG

उनले हाल ५ ओटा ‘क्वाड’ बाईक मात्रै भित्राएको बताएका छन्। ‘पर्यटकलाई आकर्षण गर्नको लागि हाम्रो पहिलो प्रयास हो। यस्ता आकर्षक योजना अरु पनि आउँछन्,’ उनले भने।

क्वाड बाइक नेपालमा खरिद गर्न पाइँदैन। उनले चीनबाटै ल्याएका हुन्। ‘मलाई जानकारी भएसम्म नेपालमा कसैले पनि यो बाईक भित्राएको छैन। हामीले नै पहिलो पटक नेपाल ल्याएको हो।’

क्वाड बाइक आजबाटै सञ्चालनमा आएको हो। ‘विदेशमा मरुभुमीमा कुदाउने भएपनि हामीले यहाँ अफ रोडमा सञ्चालन गर्दैछौं। रिसोर्ट नजिकै जंगल छ त्यहिबाटोमा ३ किमीको रुट प्रयोगमा ल्याएका छौं।’

IMG_1671.JPG

देवेन्द्र नेपाल चित्लाङमा पर्यटक भित्राउनको लागि सक्रिय छन्। उनले चित्लाङ ग्रामिण पर्यटनको उचाइमा पुगेको बताएका छन्। ‘बस्नको लागि होटेल बन्ने क्रममा छ, होम स्टेहरु छन् आकर्षणको लागि विभिन्न सुविधा ल्याउने क्रममा यो पहिलो हो’ उनले भने,  ‘अहिले सम्म पर्यटक चित्लाङ आउने क्याम्प फायरिङ गर्ने, केहि ठाउँ घुमेर फर्कने मात्रै थियो भने अव नयाँ मनोरञ्जनको साधन थपिएको उनले बताएका छन्। ‘यसले पर्यटकलाई चिल्लाङमा बसाईको अवधि थपिन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .