अटो


भ्रमण वर्षलक्षित बीआरआई यातायात र पर्यटन सम्मेलन आगामी २७ गते

भ्रमण वर्षलक्षित बीआरआई यातायात र पर्यटन सम्मेलन आगामी २७ गते

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १२:३२,

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान सञ्चालन भइरहेका छन् ।

सोही सन्दर्भमा विश्वकै ठुलो मानिएको बेल्ट एण्ड रोड इनिसिएटिभ समेत जोडिएको छ। जसअनुसार चीनको राजधानी बेइजिङ्गमा हेडक्वाटर रहेको बीआरआई ट्रान्सपोर्ट अलायन्स (बीआईआईटीए)ले नेपालको नासा फाउन्डेसन संगको सहकार्यमा आगामी डिसेम्बर १३ र १४ (२७ र २८ गते) काठमाडौँमा भिजिट नेपाल २०२० इन्टरनेशनल वर्कशप अन ट्रान्सपोर्ट एण्ड टुरिज्म इन्टिग्रेसन शीर्षकको कार्यशाला सञ्चालन गर्ने भएको छ।

नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसगंको पार्टनरशिप, चीनिया हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोवाइल्स एसोसिएसनको तत्वाधानमा आयोजना हुने सो कार्यशालाको उद्घाटन पूर्व प्रम तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालद्वारा गरिने बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटि जस्ता एक दर्जन पेपरहरु प्रस्तुत गरिने नासाले जनाएको छ।

कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य, बंगलादेशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता हनेछ।

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुति रहने तथा ७ वटै प्रदेश सरकारका पर्यटकीय निकायहरुको समेत सहभागिता रहने सो कार्यशाला ड्राइभ टुरिजम र टुरिजम सेफ्टीसम्बन्धी नेपालकै पहिलो हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad