महानगरीय ट्राफिक प्रहरी महाशाखाले लुकिङ ग्लास नराख्ने र स्वरुप परिवर्तन गरी चलाउने मोटरसाइकलमाथि कारबाही तीव्र पारेको छ।
महाशाखाले शनिबारदेखि नै उच्च प्राथमिकतासाथ कारबाही अघि बढाएको हो।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले दुर्घटनाकाे एउटा कारण लुकिङ ग्लास र नराख्ने तथा स्वरूप परिवर्तन भएकाले यस बिरूद्व अभियान संचालन गरेकाे बताए। उनले याे कारबाही काठमाडाैं उपत्यकाका तीनै जिल्लामा संचालन हुने बताए।
ट्राफिक प्रहरीले शनिबारमात्रै ३ सय ४५ वटा मोटरसाइकलमाथि कारबाही गरेको जनाएको छ। लुकिङ ग्लास दायाँ र बायाँ नदेखिने गरी राखिए पनि कारबाहीको भागिदार हुने प्रहरीले जनाएको छ। ट्राफिक नियम पालना नगरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने महाशाखाले जनाएको छ।

प्रतिक्रिया