अटो


टीभीएसको पाँच दिने मेला सुरुः ३० प्रतिशत डाउन पेमेन्टको फाइनान्स सुविधा

टीभीएसको पाँच दिने मेला सुरुः ३० प्रतिशत डाउन पेमेन्टको फाइनान्स सुविधा

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ६:२०,

नेपालको लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला ‘टीभीएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’को आयोजना गरेको छ ।

आजदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता उत्कृष्ट अफरहरु रहनेछन्। मेलाको अन्य आकर्षणहरुमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन्।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टीभीएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टीभीएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन्।

योजना सञ्चालन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक शाहिल अग्रवालले भने, ‘हामीले यतिखेर ग्राहकहरुमाझ टीभीएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ। यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं। यो फेयरले ग्राहकहरुलाई टीभीएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ।’ 

ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजनाअन्तर्गत बाइक नकिन्दा नै एक लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा शतप्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन्। साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।

टीभीएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु पाँच वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad