ad ad

भिडियो


जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो टीभीएस रेडियन ११० (भिडियो)


नेपालखबर
भदौ ११ ,

टीभीएस टु–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नाडा अटो शोमा रेडियन ११० मोटरसाइकल सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित अटो शोको आफ्नो स्टलमा जगदम्बाले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।

जदगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालका अनुसार ११० सीसी क्षमताको रेडियन ११० मोटरसाइकल नेपाली भूबनोट सुहाउँदो रहेको छ।

यसमा ११० सीसी क्षमताको दमदार एयर कुल्ड छ भने सिंगल सिलिण्डरयुक्त इन्जिन रहेको छ। यो मोटरसाइकलले ८ दशमलव २ बीएचपी तथा ८ दशमलव ७ एनएमको टार्क प्रदान गर्छ।

रेडियन ११० मोटरसाइकलमा कम्पनीले टीभीएस मोटर्सको एसबीटी प्रयोग गरेको छ। उपाध्यक्ष अग्रवालका अनुसार यसको नेपाली बजार मुल्य १ लाख ८० हजार रुपैयाँ तोकिएको छ।

नयाँ मोटरसाइकल सार्वजनिक गरे लगत्तै अग्रवालले नाडा अटो शो आफ्नो टेक्नोलोजी देखाउने ठाउँ रहेको बताए।

‘हामीले पनि टीभीएसका नयाँ नयाँ प्रोडक्टहरु ल्याएर देखाएका छौं, ग्राहकहरूले यहाँ आएर बुझ्न थालेका छन्’, अग्रवालले नेपालखबरसँग भने।

अटो शोले एकै ठाउँमा ग्राहकका लागि हरेक ब्राण्डका नयाँ नयाँ मोडलहरु हेर्न र आफुले मन पराएको साधन किन्न सहज बनाएको अग्रवालले बताए।

 

भदौ ११, २०७६ बुधबार १२:४६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .