ad ad

सुदूरपश्चिम


विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा मेयर चलाउनेसहित सातजना पक्राउ

विनोद शाही मृत्यु प्रकरण : हत्या आरोपमा मेयर चलाउनेसहित सातजना पक्राउ

गोकुल जोशी
असार १९, २०७९ आइतबार १४:५९, कञ्चनपुर

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा त्यहाँकी मेयर अम्बिका चलाउने पनि पक्राउ परेकी छन्। प्रहरीले अहिलेसम्म उनीसहित ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। 

‘मेयरसहित ७ जना अहिले हिरासतमा छन्, उनीहरुमाथि सोधपुछ भइरहेको छ,’ उनले भने, ‘मेयर चलाउने आफै कार्यालयमा हाजिर हुनु भएको हो।’

उनका अनुसार शनिबार आरोपी मेयर चलाउने र नेत्र शाही प्रहरीमा हाजिर भएका हुन्। 

जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका–४ का शाही २१ गते  बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए। 

हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। 

घटना अनुसन्धानमा प्रहरीले सुरुमा २, त्यसपछि ३ र शनिबार २ गरी ७ जनालाई नियन्त्रणमा लिएको हो। 

किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का डीएसपी मनोहरप्रसाद भट्ट र संघीय प्रहरी इकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली जुटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .