सुदूरपश्चिम


कञ्चनपुरको होटलमा युवकलाई कुटपिट, कुट्नेहरू खोज्दै प्रहरी

कञ्चनपुरको होटलमा युवकलाई कुटपिट, कुट्नेहरू खोज्दै प्रहरी

नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:५, काठमाडौँ

कञ्चनपुरको एक होटलमा युवक कुटिएका छन्।

शनिबार राति पौने ९ बजेतिर कञ्चनपुर भीमदत्त नगरपालिका ४ स्थित गल्लि नम्बर ४ मा रहेको ग्रान्ड प्यासिफिक रेस्टुरेन्टमा एउटा समूह नै आएर कुटपिट गरेको हो। 

कुटपिटबाट होटल सञ्चालक किशोर चन्दका भाइ गोविन्द चन्द घाइते भएका छन्। उनलाई राति नै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएकामा हाल डिस्चार्ज भइसकेका छन्।

भीमदत्त नगरपालिका ४  बसपार्क बस्ने समीर बुढा, अविशेष अवस्थी र वेदकोट नगरपालिका ७ सुडा बस्ने गौरव चन्द ठकुरीलगायतको संलग्नता देखिएको प्रहरीको भनाइ छ।

कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र प्रहरीले खोजी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad