सुदूरपश्चिम


कञ्चनपुरमा सौतेनी आमा मारेर र बहिनीलाई गम्भीर घाइते बनाएर फरार

कञ्चनपुरमा सौतेनी आमा मारेर र बहिनीलाई गम्भीर घाइते बनाएर फरार

घटनास्थल


नेपालखबर
चैत ४, २०८२ बुधबार १०:४४, कञ्चनपुर

कञ्चनपुरमा धारिलो हतियारले हानेर छोराले सौतेनी आमाको हत्या गरेका छन् भने बहिनीलाई गम्भीर घाइते बनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी-४, माननीय चोकका ५५ वर्षीय हरिप्रसाद श्रेष्ठले आफ्नै कान्छी आमाको हत्या गरेका हुन्।

मंगलबार राति घरमै धारिलो हतियार प्रहार गरेर ७५ वर्षीय बिन्द्रा श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ।

घटनामा श्रेष्ठकी बहिनी ५० वर्षीय भगवतीदेवि माझी पनि गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार उनका हात र टाउकामा गम्भीर चोट लागेका छन्।

विवाहित उनी माइतमा बस्ने गरेकी थिइन्।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। 

छोरा, आमा र बहिनीबिच जग्गासम्बन्धी पुरानो विवाद रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad