सुदूरपश्चिम


अहिलेको निर्वाचन देशको सार्वभौमिकतासँग जोडिएको छ: मनोज भट्ट

अहिलेको निर्वाचन देशको सार्वभौमिकतासँग जोडिएको छ: मनोज भट्ट

नेपालखबर
फागुन १५, २०८२ शुक्रबार २०:५१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको निर्वाचन सामान्य अवस्थाको जस्तो निर्वाचन नभएको बताएका छन्। 

डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका भट्टले निर्वाचनलाई देशको सार्वभौमिकता जोगाउने वा विदेशीको रणभूमि बनाउन चाहनेबीचको प्रतिस्पर्धाको रुपमा चित्रित गरे। 

शुक्रबार शिखर नगरपालिका–४ धुर्कोटमा आयोजित चुनावी कार्यक्रममा उनले मतदाताले दिएको मत देशको सार्वभौकितासँग जोडिने स्पष्ट पारे।

‘अहिलेको निर्वाचन यसअघिको जस्तो सामान्य निर्वाचन होइन। देशको सार्वभौकिता जोगाउन चाहने र देशलाई विदेशीको रणभूमि बनाउन चाहनेबीचको प्रतिस्पर्धा हो’ भट्टले भने, ‘मतदाताले दिएको मत यदी गलत ठाउँमा पुग्यो भने यसले देशको सार्वभौमिकता नै नरहने अवस्था आउन सक्छ।’

भट्टले जनतामा गणतन्त्रप्रति अत्यन्त नकारात्मक धारणा उत्पन्न भएको भन्दै लोकतन्त्र र गणतन्त्रसमेत नरहने अवस्था आउन सक्ने बताए। 

‘मूल रुपमा देशको राष्ट्रियता रक्षाको प्रश्न हो। त्यो सँगै लोकतन्त्र र गणतन्त्रको रक्षाप्रति पनि जनता सचेत हुन जरुरी छ’ उनले भने।

भट्टले निर्वाचनमा एमालेबाहेकका वामपन्थी दलसँग जनमोर्चाको चुनावी तालमेल हुनसक्ने औँल्याए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad