सुदूरपश्चिम


चोरी मुद्दामा सजाय भोगेर छुटे, लुटपाटकै लागि वृद्धाको हत्या गरे

चोरी मुद्दामा सजाय भोगेर छुटे, लुटपाटकै लागि वृद्धाको हत्या गरे

नेपालखबर
फागुन १, २०८२ शुक्रबार २०:१०, कञ्चनपुर

दार्चुलाको शैल्यशिखर नगरपालिका–८ का ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–९ का २४ वर्षीय उमेश साउँद र बैतडीको डिलाशैनी गाउँपालिका–५ का २४ वर्षीय गोपाल नाथ रहेका छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै संलग्नतामा वृद्धा जोशीको सोमबार राति हत्या भएको खुलेको थियो। जोशीको मंगलबार बिहान घरमै शव भेटिएको थियो। 

घरमा एक्लै बस्दै आएकी जोशीले लगाएको गरगहना थिएनन्। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

आरोपित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्यको संलग्नता लगायत विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका आरोपित साउँद र नाथको साथबाट प्रहरीले गहना पनि बरामद गरेको छ। प्रहरीका अनुसार २ थान कानको मुन्द्री, १÷१ थान नाकको बुलाँकी र फुली बरामद गरिएको हो। 

सुन लुटपाट गर्ने उद्धेश्यले वृद्धाको हत्या गरिएको प्रहरीको भनाई छ। हत्या आरोपमा पक्राउ परेका साउँद ट्याक्टर चालक हुन् भने नाथ उनीसँगै सहयोगीको रुपमा काम गर्दै आएका थिए। 

प्रहरीका अनुसार दुवैजना यसअघि चोरी मुद्दामा जेल सजाय भोगेर रिहा भएका व्यक्ति हुन्। साउँद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका थिए भने नाथले पनि ४ महिना कैद सजाय भोगेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad