कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
भीमदत्त नगरपालिका–६ सेती महाकाली पेट्रोल पम्प नजिक बसपार्क बाट पेट्रोल पम्पमा तेल हाल्न गइरहेको सु.प.प्र. ०२००१ ख. १०८३ न. को नेपाल भारत मैत्री बस सेवा महाकाली यातायातको बसले अन्दाजी ४०/४५ वर्षका व्यक्तिलाई ठक्कर दिएको थियो।
ठक्करबाट टाउको, निधारमा चोट लागेका उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले बस र चालक कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौरा बस्ने वर्ष ४६ को राम बहादुर ताम्राकार (टमटा) लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
63
Shares

प्रतिक्रिया