सुदूरपश्चिम


युक्रेनसँगको युद्धमा ढले मनोज, एक वर्षपछि कुशको शव बनाएर दाहसंस्कार

युक्रेनसँगको युद्धमा ढले मनोज, एक वर्षपछि कुशको शव बनाएर दाहसंस्कार

गोकुल जोशी
पुस १९, २०८२ शनिबार १९:५१, काठमाडौँ

दुईवर्षअघि बैतडीको मेलौली नगरपालिका-७ काडाका ३२ वर्षीय मनोज सिंह भाटलाई घरपरिवारले बिदा गरेका थिए। 

उज्जव भविष्य र घरपरिवारको अवस्था उकास्न सुनौलो सपना बोकेर उनी विदेशका लागि उडे। उनी मेलौलीकी अन्य दुई साथीहरुसंगै रुस पुगे। 

रुसी सेनामा भर्ना भएर युक्रेनसंगको युद्ध मैदानमा खटिएकोको बारेले धेरै पछि मात्रै थाहा पाएको थियो। २०८० असोजतिर घरबाट हिनेका मनोजको सुरुआतमा घरपरिवारसंग सम्पर्क भइरहन्थ्यो। 

युक्रेनसंगको युद्धमा खटिएका उनको गएको केही महिनापछि परिवारसंग सम्पर्क टुट्यो। परिवारले उनको साथीसंग सोधखोज गर्दा उनी युक्रेनी हमलामा परेको खबर सुनाउँथे। 

एक÷डेढ वर्षदेखि परिवार उनको अवस्थाको खोजीमा थियो। मनोजसंग सम्पर्क हुने अथवा उनको आधिकारिक अवस्था यकिन हुने आशमा परिवार पर्खाइमा थियो। 

अन्तः लामो पर्खाइपछि मनोजको परिवारले उनको दुःखान्तको बज्रपात व्यहोर्नु परेको छ। रुसी सेनामा कार्यरत उनको मृत्यु भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ। 

‘परिवारलाई झिनो आश थियो। एक/डेढ वर्षदेखि अवस्था यकिन थिएन,’ मेलाली नगरपालिका-७ का अध्यक्ष रामचन्द्र भट्ट  भन्छन्, ‘तर हिजो मृत्यु पुष्टि भएको दुखःद खबर सुन्नु परेको छ।’

मनोजको निधन पुष्टि भएपछि शनिबार परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको छ। रुसी सेनामा मेलौलीकै अन्य दुई जना पनि गएका थिए।
 
तीमध्ये मेलौली नगरपालिका-९ असुरका अर्जुनदत्त भट्टको गत बैशाखमै मृत्यु पुष्टि भएको थियो। 

रुसी सेनामा भर्ना भएको केही महिनामै मेलौली नगरपालिका-८ का अर्का भने सकुसल घर फिर्ती भएका थिए।

मनोज भाट परिवारका जेठा छोरा हुन। उनको पारिवारिक अवस्था कमजोर छ। बुवाआमा खेती किसानी गर्छन्। मनोज रुस जानुअघि गाउँकै गाडी चलाउथे। 

परिवारको सहारा उनी घरखर्च जोहो गर्न मुस्किल पर्न थालेपछि परिवारको अवस्था उकास्ने सपना बोकेर रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए। 

उनै मनोज विदेशी युद्ध भूमिमा ढलेपछि परिवार विक्षिप्त छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad