कञ्चनपुरका एक जनाको शव भेटिएको छ। मंगलबार दिउँसो बेदकोट नगरपालिका ५ पोल्खरीमा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार बेदकोट नगरपालिका ६ मुसेपानीका ३४ वर्षीय विनोद चौधरी खोला किनारमा मृत भेटिएका हुन्।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ। नजिकै वान्ता गरेकोले विषादी सेवन गरेको आशंका गरिएको छ।
घटनास्थलबाट २ सय मिटर टाढा उनको मोटरसाइकल पनि भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
87
Shares

प्रतिक्रिया