सुदूरपश्चिम


कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालखबर
साउन २०, २०८२ मंगलबार १७:५२, कञ्चनपुर

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका ७ पिताम्बरका ४४ वर्षीय गजेन्द्र बहादुर कुँवर रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार मंगबार दिउँसो शुक्लाफाँटा नगरपालिका ११ बनरापुलस्थित पूर्व पश्चिम राजमार्गमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको हो।

धनगढीबाट महेन्द्रनगर तर्फ आउँदै गरेकोे सुपप्र.०२००३प४८६० नम्बरको मोटरसाइकद अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो। दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका कुँवरको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad