सुदूरपश्चिम


डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपालखबर
साउन १९, २०८२ सोमबार २१:३९, कञ्चनपुर

डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका २ का ४५ वर्षीय गणेश भट्ट रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक धनि चन्दका अनुसार सोमबार नम्बर पिलेट नरहेको पल्सर मोटरसाइकल दुर्घटनामा परेर भट्टको सोमबार मृत्यु भएको छ। 

अजयमेरु गाउँपालिका १ पुइलेक कासिपुर सडकखण्डको घुम्तीमा भट्टले चलाएको उक्त मोटरसाइकल ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad