सुदूरपश्चिम


भारतमा बन्धक बनेका ५७ नेपाली उद्धारपछि नेपाल फर्के, गड्डाचौकीमा स्वागत

भारतमा बन्धक बनेका ५७ नेपाली उद्धारपछि नेपाल फर्के, गड्डाचौकीमा स्वागत

गोकुल जोशी
असार ११, २०८२ बुधबार १९:४८, कञ्चनपुर

भारतको उत्तराखण्डको विभिन्न ठाउँमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ। 

बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो। 

नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो। 

उद्धार गरेर बुधबार गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकले स्वागत गरे।

उद्धार गरिएका ५७ युवाहरूमा सुदूरपश्चिमदेखि सुदूर पूर्वसम्मका छन्। उनीहरूलाई बुधबार महेन्द्रनगरमै बस्ने प्रबन्ध गरिएको छ। बिहीबार उनीहरूलाई गन्तव्यमा पठाइने छ।

चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम र उदयपुरका ४/४, दाङ, स्याङ्जा र बाँकेका ३/३, डोटी, ताप्लेजुङ, र धादिङका २/२, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १/१ गरी ५७ जना बन्धकलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइएको हो। 

उनीहरू आकर्षक रोजगारीको लोभमा उत्तराखण्ड पुगेर महिनौँदेखि बन्धक बनाइएका र ठगिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad