सुदूरपश्चिम


कैलालीमा हाइसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

कैलालीमा हाइसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १७:५८, कञ्चनपुर

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

सोमबार दिउँसो घोडाघोडी नगरपालिका–१ टनकपुरमा हाइसले मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१ का राजेश चौधरीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहका अनुसार भे १ ज १४७६ नम्बरको पिकअप हाइसले से ७ प ७३७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हाइस चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad