सुदूरपश्चिम


कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ

कैलालीमा स्रोत नखुलेको १७ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १७:४२, काठमाडौँ

कैलालीमा स्रोत नखुलेको अवैध रुपैयाँसहित २ जनालाई पक्राउ गरिएको छ। 

स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १७ लाख भन्दाबढी रुपैयाँ बरामद गरिएको छ। 

मंगलबार कैलालीको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकैबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका ३२ वर्षीय अमन कुमार गर्गले चलाइलाई ८ लाख ९६ हजार ६ सय ६० रुपैयाँसहित पक्राउ गरिएको थियो। 

यसैगरी, कैलालीको टिकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई पनि प्रहरीले स्रोत नखुलेको अवैध रुपैयाँसहित पक्राउ गरेको छ। उनको साथबाट ५ लाख ३१ हजार ४ सय भारतीय रुपैयाँ अर्थात ८ लाख ५० हजार २ सय ४० नेपाली रुपैयाँ बरामद गरिएको छ। 

उनीहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी कैलाली प्रहरीले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad