हङकङको एक छात्रा विद्यालयको शौचालयमा गोप्य क्यामेरा जडान गरेको आरोप लागेका शिक्षकलाई अन्तत: दुई महिनाको जेल सजाय तोकिएको छ।
मंगलबार मजिस्ट्रेट चाङ छङले ३४ वर्षीय आरोपितलाई उक्त सजाय सुनाएका हुन्।
गत वर्ष विद्यालयका सफाइ कर्मचारीले शौचालयमा गुप्त क्यामेरा फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो। योसँगै दुई पीडितको रेकर्डिङ समेत फेला परेको थियो।
अदालतसमक्ष बयानका क्रममा प्रतिवादीले गत वर्ष सेप्टेम्बर र अक्टोबरको बीचमा दुई पटक क्यामेरा जडान गरेको र दुई विद्यार्थीको भिडिओ खिचेको स्वीकार गरेका थिए।
प्रमाण र उनको बयान लगायतका आधारमा काउलुन सिटी अदालतले आरोपितलाई ४ वटा दृश्यवादमा दोषी ठहर गरेको थियो। जसको सजाय आज सुनाइएको हो।
60
Shares

प्रतिक्रिया