सुदूरपश्चिम


डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार, बच्चा जन्मिएपछि बाहिरियो घटना

५८ वर्षीय पुरुष पक्राउ
डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार, बच्चा जन्मिएपछि बाहिरियो घटना

नेपालखबर
फागुन १८, २०८१ आइतबार २१:३१, कञ्चनपुर

डडेल्धुरामा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ। परशुराम नगरपालिका–११ की १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोपमा आलीताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बोहरा पक्राउ परेका छन्।

पीडित परिवारको जाहेरीपछि जबरजस्ती करणीका आरोपी बोहरालाई शनिबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइएको प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

किशोरीले बच्चा जन्माएपछि बलात्कारको घटना बाहिरिएको हो। प्रहरीका अनुसार १५ फागुनमा बच्चा जन्म दिएकी थिइन्। अविवाहित १६ वर्षीयाले बच्चा जन्माएपछि सोधीखोजी गर्दा बलात्कारको घटना बाहिरिएको पीडित परिवारले जाहेरीले उल्लेख गरेका छन्।

पीडितले प्रहरीलाई दिएको जानकारी अनुसार गत असारमा घरबाट भिमडा जाने क्रममा बाटोमा रात परेपछि आश्रय लिएकी थिइन्। सोही राती उनीमाथि बोहराले जबरजस्ती करणी गरेको बताइएको छ।

बलात्कार आरोपी बोहरालाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad