सुदूरपश्चिम


कैलालीमा खैरो हेरोइनसहित ३ युवक पक्राउ

कैलालीमा खैरो हेरोइनसहित ३ युवक पक्राउ

नेपालखबर
माघ २९, २०८१ मंगलबार १०:४५, कञ्चनपुर

कैलालीमा लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार सामेबार बेलुकी धनगढी उपमहानगरपालिका-२, ब्यारेल नजिकबाट धनगढी-५ का २२ वर्षीय खगेन्द्र चौधरी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

उनको साथबाट ८९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै, धनगढी उपमहानगरपालिका-८ धनगढी गाँउबाट सोही ठाउँका २८ वर्षीय नरेश चौधरी १ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर उनीबारे थप अनुसन्धान गरिरहेको छ। 

सोमबार राति गोदावरी नगरपालिका-५ गेटाबाट पनि एक युवक लागुऔषधसहित पक्राउ परे।

गेटाकै २७ वर्षीय महेश रानालाई ४९० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

लागुऔषधसहित पक्राउ पर्ने तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad