कञ्चनपुरमा एक जनाको शव भेटिएको छ। आइतबार दिउँसो महाकाली सिँचाइको नहरमा पुरुषको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार उनको सनाखत हुन सकेको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दैजी–बेलडाँडी तर्फ जाने महाकाली सिँचाइको नहरमा बेवारिसे अवस्थामा शव फेला परेको छ।
ती पुरुष ५.६ इन्च उचाइ भएका मोटो शरीरका छन्। प्रहरीका अनुसार हातमा टिटान लेखिएको सुनौलो रङको घडी, कालो पाइन्ट, खैरो स्वीटर र कालो जुत्ता लगाएका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
उनको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
174
Shares

प्रतिक्रिया