सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभा: प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम प्रदेशसभा: प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

नेपालखबर
माघ १०, २०८१ बिहिबार १८:२१, धनगढी

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ।

प्रदेशका समाजिक विकासमन्त्री मेघराज खड्काले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेश सभाका सांसद पदमबहादुर शाही, चक्रबहादुर मल्ल, लक्ष्मी विक, खुशीराम डगौरा थारु, ताराप्रसाद जोशी र नरेशकुमार शाही छलफलमा सहभागी भएका थिए।

सामाजिक विकासमन्त्री खड्काले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।

संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको संख्या साविकको भन्दा थप गरिएको छ। यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साविकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई कुलपति र उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ।

मुख्यमन्त्रीलाई प्रदेश प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ।

प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले ‘सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ लाई स्वीकृत गरियोस्’ भनी पेस गरेको प्रस्तावलाई आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad