सुदूरपश्चिम


एमाले अछामका १ हजार ८६ जना भीम रावलतिर

एमाले अछामका १ हजार ८६ जना भीम रावलतिर

नेपालखबर
माघ ८, २०८१ मंगलबार १२:१९, कञ्चनपुर

नेकपा एमाले अछामको ठूलो पंक्तिले पार्टीबाट निष्कासित नेता भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको छ। 

मंगलबार पत्रकार सम्मेलनमा वक्तव्य जारी गरी एक हजार ८६ जना स्थानीय नेता-कार्यकर्ताले रावलको अभियानलाई समर्थन गरेको जनाएका हुन्। 

जारी वक्तव्यमा अछामबाट प्रतिनिधित्व गर्ने एमालेको सुदूरपश्चिम प्रदेश कमिटी प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७ जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना भीम रावलका पक्षमा उभिएका छन्। 

यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १ जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य ३ जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना छन्। 

एमालेका ६३७ जना संगठित सदस्यसहित कूल एक हजार ८६ जनाले रावलको अभियानलाई समर्थन गरेको दाबी गरिएको छ। वक्तव्यमा तीमध्ये केहीको हस्ताक्षर छ। केहीलाई फोन सम्पर्क गरेर समर्थन लिएको भनिएको छ। 

नेकपा एमाले साँफेबगर नगर कमिटीका अध्यक्ष धकेन्द्र कुँवरले हाल पार्टी परित्याग नगरेको तर रावलको अभियानलाई समर्थन गरेको बताएका छन्। 

१० पुसमा एमालेले रावललाई एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनी उक्त अभियान घोषणा गरेर देशदौडाहमा छन्।

४ माघमा सुदूरपश्चिम पुगेका उनी अहिले गृहजिल्ला अछाम केन्द्रित छन्।

हेर्नुहोस् विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad