सुदूरपश्चिम


लागुऔषध मुद्दाका थुनुवालाई छुटाउने भन्दै रकम असुल्ने ३ युवक पक्राउ

लागुऔषध मुद्दाका थुनुवालाई छुटाउने भन्दै रकम असुल्ने ३ युवक पक्राउ

नेपालखबर
पुस ६, २०८१ शनिबार २१:१२, कञ्चनपुर

कैलालीमा लागुऔषध मुद्दामा थुनिएका व्यक्तिलाई थुनामुक्त गरिदिने भन्दै रकम लिने ३ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्। 

प्रहरीका अनुसार लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनेर उनीहरुले थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुलेको छ। 

प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ समेत बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad