झापाकी रंगकर्मी कविता नेपालले उत्कृष्ट युवा पुरस्कार प्राप्त गरेकी छन्।
सुनसरीको इटहरीमा शनिबार आयोजित नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले रंगकर्मी नेपाललाई नेपाल जेसिजको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गरेका हुन्।
बाहुनडाँगी जेसिजको सिफारिसमा उनलाई 'सामाजिक न्याय र समाजोत्थान' मा महत्त्वपूर्ण योगदान पुर्याएवापवत् उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको नेपाल जेसिसले जनाएको छ।
मेचीनगर-६, झापा निवासी नेपाल परिवर्तन थिएटरकी संस्थापक पनि हुन्। उनी विगत १८ वर्षदेखि रंगकर्ममा सक्रिय छिन्।

48
Shares

प्रतिक्रिया